रामायणका ‘रावण’ जीवितै !

काठमाण्डु टुडे २०७७ वैशाख २२ गते १०:३१ मा प्रकाशित

एजेन्सी– चर्चित भारतीय टेली सिरियल रामायणमा रावणको भूमिका निर्वाह गरेका अभिनेता अरविन्द त्रिदेवीको मृत्यु भएको खबर अफवाह मात्र भएको खुलासा भएको छ ।

आइतबार दिनभर भारतको सामाजिक सञ्जालमा त्रिवेदीको निधन भएको अफवाह भाइरल भएको थियो । त्रिवेदीका भतिज कौस्तुवले काकाको मृत्यु भएको खबर हल्ला मात्र भएको बताए । उनले ट्विट मार्फत काका जिवितै रहेको भन्दै गलत खबर नफैलाउन आग्रह गरेका छन् ।

‘मेरो काका मेरा काका अरविन्द त्रिवेदी (लंकेश) सकुशल र सुरक्षित हुनुहुन्छ’, उनले ट्विटमा भनेका छन्, ‘झुठो खबर फैलाउन बन्द गरौं, सकुशल भएको खबर फैलाऔं ।’

मृत्यु भएका भनिएका त्रिवेदीले आइतबार मात्र ट्विटरमा श्रीकृष्ण टेली सिरियलमा कृष्णको भूमिका निर्वाह गरेका अर्का अभिनेता सर्वदमन बेनर्जीलाई स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us