सोमबारदेखि काठमाण्डुमा लकडाउन खुकुलो

काठमाण्डु टुडे २०७७ वैशाख १४ गते २२:१२ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन काठमाण्डु उपत्यकामा खुकुलो हुने भएको छ ।

मन्त्रिपरिषदले लकडाउन अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेकै दिन काठमाण्डु महानगरपालिकाले भने पसल खुल्ःने समय बढाएको छ ।

महानगरले बिहान ६ देखि १० बजेसम्म किनमेलका लागि समय तोकेको हो । यसअघि ६ देखि ८ बजेसम्म दुई घण्टामात्र दैनिक उपभोग्यवस्तु किनमेलको समय तोकिएको थियो ।

महानगरका प्रमुख विद्याशुन्दर शाक्यले आइतबार बसेको ४५ औं कार्यपालिका बैठकमा लकडाउनका बेला पसल खोल्ने समयावधि बढाउने प्रस्ताव गरेका थिए ।

उनले महानगर क्षेत्रभित्र स्थानीय प्रहरीसँगको समन्वयमा किनमेल अवधि बढाउन वडा अध्यक्षहरुलाई निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us