कैलालीमा अहिले दिउँसो २ बजेबाट अनिश्चितकालीन कर्फ्यू

काठमाण्डु टुडे २०७६ चैत १० गते १४:०३ मा प्रकाशित

कैलाली, १० चैत — कोरोनाको संक्रमणबाट बच्न कैलालीमा अहिले दिउँसो २ बजेबाट अनिश्चितकालीन कर्फ्यू लाग्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाउने भएको हो ।

यस अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।
‘निषेधाज्ञा अवधिमा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने छन्’ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us