नेकपाका ५ सय ७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते १३:५५ मा प्रकाशित

अर्घाखाँची,३१भदौ – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपाका ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार समेत रहेका छन् ।

पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनालले जानकारी दिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us