
काठमाण्डु, १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही जेठ ३ गते पार्टी एकताको र मदन भण्डारी तथा जिवराज स्मृति दिवसको अवसरमा एकताको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने भएको छ ।
‘यसबीच हामीले एकताको बाँकी कामको विषयमा महत्त्वपूर्ण निष्कर्ष निकालेका छौं,’ उनले भने । युवा संघ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पार्टीका महासचिव विष्णु पौडेलले जेठ ३ गते विशेष घोषणा हुने बताएका हुन् ।
पार्टी एकताको प्रकृया सुरु भएको लामो समय भए पनि त्यसले पूर्णता पाइसकेको छैन् ।