पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर भागेपछि…(भिडियो)

काठमाण्डु टुडे २०७५ चैत १६ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, १६ चैत्र – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ । शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

जिकज्याकसँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो । एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको जानकारी पाएकाले छानबिन भइरहेको बताए ।

भिडियो.

https://www.facebook.com/chimsay.14/videos/vb.100018984436217/344237896219022/?type=2&video_source=user_video_tab

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us