
एजेन्सी – भारतको बिहारमा एक ट्राफिक प्रहरीलाईृ रिक्सा चालकले सडकमा दौडाई–दौडाई अन्धाधुन्ध कुटेका छन् । मंगलबार राती गलत दिशाबाट रिक्सा चलाउन रोक्दा उनले आफ्ना साथीसँग मिलेर पुलिस जवानलाई ढुङ्गा हानाहान गर्दै कुटेका छन् ।
घण्टौंसम्म सडकमा हंगामा भइरह्यो र मानिसहरु आफ्नो ज्यान बचाउन भागिरहेका थिए । कसैले पनि पुलिस जवानलाई बचाउने कोसिस गरेनन् ।
भारतीय मिडिया जागरणका अनुसार शिवनाथ झासहित थुप्रै ट्राफिक प्रहरीले नजिकैको पाँच तल्ले भवनको छतमा लुकेर ज्यान बचाए ।
स्रोतका अनुसार यसको सूचना ट्राफिक प्रहरीका साथै डिएसपीलाई पनि दिइयो । तर निकै अबेरसम्म कोही अधिकारी पनि पुगेनन् । हमलाकर्ताले पुलिसलाई निर्घात कुटेर भागिसकेपछि पुलिस घटनास्थल पुगेको थियो ।
हमलामा होमगार्ड जवान अनिल कुमार गम्भीर रुपमा घाइते भएका छन् । उनको टाउको फुटेको छ । उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
#WATCH Bihar: An autorickshaw driver & his friends thrash a police personnel who stopped them from driving on the wrong side at Aghoria Bazar chowk in Muzaffarpur. The police personnel is admitted in hospital. Police is on the lookout for accused. (Note: Strong language) (26.03) pic.twitter.com/yIBz4D77AI
— ANI (@ANI) March 27, 2019