‘यौन सम्पर्कका लागि केटाकेटी चाहिए फोन गर्नु’ भन्दै मोबाइलमा म्यासेज पठाउनेको भागाभाग

काठमाण्डु टुडे २०७१ पुष ५ गते १५:२८ मा प्रकाशित

mobile smsकाठमाण्डु, ५ पुस– काठमाण्डु उपत्यकामा यौन सम्पर्कका लागि किशोरी किशोरी चाहिए सम्पर्क गर्नु भन्दै मोबाइलमा सन्देश पठाउने गैह्रसरकारी संस्थाका पदाधिकारीको भागाभाग भएको छ ।

प्रहरीले कारबाही गर्ने चेतावनी दिएपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । ‘टेरी डेस होम्मेस’ नामक स्वीस संस्थाले बिहीबार र शुक्रबार एनटिसी र एनसेलका करिब तीन लाख उपभोक्ताको मोबाइलमा ‘काठमाण्डु उपत्यकाभित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्’, भन्ने सन्देश पठाएको थियो ।

प्रहरीले कारबाही हुने चेतावनी दिएपछि उक्त संस्थाले ‘असावधानीबस सन्देश गएको’ भन्दै माफी मागेर अर्को म्यासेज पठाएको छ । आफ्नो मोबाइलमा त्यस्तो सन्देश आएपछि हैरान भएका उपभोक्ताले एनटिसी र प्रहरीमा गुनासो गरेका थिए ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीले उक्त संस्थाका प्रतिनिधिमाथि कारबाही हुने बताए ।

यद्यपि कस्तो कारबाही हुने भन्नेबारे कानुनी व्यवस्थाको अध्ययन भइरहेको जानकारी कार्कीले दिए ।

टेरी डेस होम्मेस यौन दुव्र्यवहारविरुद्ध काम गर्ने संस्था हो । जसले काठमाण्डुमा यौनकर्मी तथा दुव्र्यवहारमा परेकाहरुको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us