काठमाण्डु, १३ मंसिर– नाइजेरियाको कानो सहरको एक मस्जिदमा तीन वटा विस्फोट र त्यसपछि भएको गोलावारीमा कयौं हताहत भएका छन् । कानोमा चरमपन्थीहरुले गरेको यो आजसम्मकै सबैभन्दा ठूलो हमाला हो ।
मर्नेहरुको संख्याका बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।
बिबिसीका एक संवाददाता युसुव इम्राहिम याकासाइले मर्नेको संख्या दुई सयभन्दा बढी हुन सक्ने बताएका छन् । उनका अनुसार अस्पतालहरु घाइतेहरुले भरिएका छन्, त्यहाँ लाससम्म राख्ने जग्गा छैन ।
कानोको माहौल खरब रहेको र प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।