एमाओवादी विवाद, समाधानका लागि बैठक जारी

काठमाण्डु टुडे २०७१ साउन १४ गते ४:४४ मा प्रकाशित

maoist-officeकाठमाण्डु, १४ साउन– पार्टीभित्र देखिएको विवादलाई अन्त्य गर्ने प्रयासस्वरुप एमाओवादी विवाद समाधान समितिको बैठक जारी छ ।
समितिको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो पनि बसेको थियो । बैठकमा विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

आज पनि सोही विषयलाई निरन्तरता दिने विषयमा कुराकानी हुनेछ ।
संस्थापन पक्षले आफ्नो विचार समूहलाई पेलेको भन्दै वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले सिन्धुली, गोरखा, डोटी, मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको छ ।
एमाओवादीको विवाद समाधान समितिमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, नेता भट्टराई र महासचिव कृष्णबहादुर महरा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us