नुवाकोट, १४ साउन –गएको वर्ष एक सय जना महिला तथा बालबालिका जिल्लाबाट हराए पनि भेटिनेको सङ्ख्या त्यसको एक तिहाइ मात्र रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला तथा बालबालिका ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो आवमा नुवाकोटबाट महिला बालबालिका हराएको भनेर एक सय जनाको निवेदन परे पनि त्यसमध्ये ३५ जना मात्र भेटिएको पाइएको छ ।
हराएका महिला तथा बालबालिकामध्ये ६५ जना फेला परे–नपरेको प्रहरीलाई जानकारी नै नभएको प्रहरी नायब उपरीक्षक विपिनकुमार कर्माचार्यले बताए ।
यस्तै पछिल्लो तीन वर्षको तालिकाअनुसार नुवाकोटमा घरेलु हिंसासम्बन्धी घटना बढ्दै गएको छ ।