भीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

काठमाण्डु टुडे २०७१ साउन १४ गते १:३८ मा प्रकाशित

काठमाण्डु, १४ साउन –अतिविशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भीआईपी सुरक्षासम्बन्धी ऐन पारित गर्दै यस्तो अधिकार दिएको हो ।

बैठकले विस्तृत छलफलका लागि उक्त ऐनलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय समेत गरेको छ । समितिले आवश्यक परे केही परिमार्जन गरी व्यवस्थापिका संसदमा पेश गर्नेछ ।भाीआईपीहरु विवादमा परेर अलोकप्रिय हुँदै गएको अवस्थामा व्यक्तिगत सुरक्षा चुनौती थपिँदा यस्तो कानुन बनाउन लागिएको हो ।

हालसम्म भीआइपीका सुरक्षाकमीले आफ्नो खतरा आए मात्र आत्मरक्षाका लागि हतियार चलाउन पाउने व्यवस्था छ । कानून अभावमा पुर्वप्रधानमन्त्री माधबकुमार नेपालका अंगरक्षकले गोली चलाउँदा भएको घटनामा कानूनी कारबाही भौगदै थुनामा बस्नुपरेको ,पुर्वप्रधानमन्त्री एवं एमाओावदी अध्यक्ष प्रचण्डलाई कार्यकर्ताले झापड हान्दा होस् वा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा झापड हान्दा अंगरक्षकले गोली चलाउन नसकेको जस्ता घटनाक्रमले अंगरक्षकलाई यस्तो अधिकार दिनुपरेको तर्क गरिएको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us