रिम्पोछेको शव श्रद्धाञ्जलीका लागि स्यारभन गुम्बामा

काठमाण्डु टुडे २०७१ साउन १४ गते १:३३ मा प्रकाशित

काठमाण्डु, १४ साउन – १४ औं दिवङगत धर्मगुरु श्यामर कुनसिंग रिम्पोछेको पार्थिव शरिर रानीवनस्थित स्यारभन गुम्बामा राखिएको छ । भक्तजनले आज बिहान ८ बजेदेखि भोली दिउसोसम्म दर्शन गर्न पाउने व्यवस्था मिलाइएको गुम्बाका सदस्य दावा साङवो ह्युलमोपाले जानकारी दिए । पाथिर्व शरीर हिजो साँझ ल्याइपु–याइएको छ । तिब्बती बौद्ध धर्मका गुरु रिम्पोछेको बौद्ध दर्शनसम्बन्धी प्रवचनका दिने क्रममा जर्मनीमा हृदयाघातका कारण गत जेठ २८ मृत्यु भएपछि अन्त्येष्टि कुन मुलुकमा गर्ने भन्ने बिषयमा अन्योल छाएको थियो । उनको पार्थिव शरीरलाई हिजो भुटानबाट विमान चार्टर गरी काठमाण्डु ल्याइएको हो । करिब डेढ महिनाको अवधिमा जर्मनीबाटे शव भारत हुँदै भुटान लगिएको थियो । उनको गत जेठ २८ गते जर्मनीमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us