तुलसीपुर बजारमा सिसिक्यामरा

काठमाण्डु टुडे २०७१ साउन १३ गते ९:०२ मा प्रकाशित

तुलसीपुर (दाङ), १३ साउन – तुलसीपुर नगरपालिकाले तुलसीपुर बजारका विभिन्न तीन स्थानमा सिसिक्यामरा जडान गर्न सुरु गरेको छ ।

cc cameraतुलसीपुरको बिपी चोक, वीरेन्द्र चोक र नयाँ बसपार्कमा सिसिक्यामराको जडान सुरु गरिएको हो ।

बजारमा हुने आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले सिसिक्यामरा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

पहिलोपटक तुलसीपुरका तीन स्थानमा र पछि आवश्यकताअनुसार थप स्थानमा जडान गरिने नगरपालिका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए ।

करिब साढे चार लाखको लगानीमा पिटिजेट कम्पनीका दुई मेगा फिक्सलका सिसिक्यामराहरु खरिद गरी जडान सुरु गरिएको हो । सिसिक्यामराको ‘कन्ट्रोल रुम’ भने इलाका प्रहरी कार्यालयमा राखिने छ ।

क्यामराका साथै सो स्थानमा सौर्य बत्ती जोड्ने योजना नगरपालिकाको छ । हाल तुलसीपुरमा जडान गर्न लागिएका सिसिक्यामराले करिब ५०० मिटरसम्म समेट्न सक्छ भने रातको समयमा करिब २०० मिटरसम्म समेट्न सक्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us