काठमाण्डु, १३ साउन – मन्त्रिपरिषद् बैठकले भुटानी नागरिक बौद्ध धर्म गुरु कुन्जिग समरपा रिम्पोचेको शव नेपाल ल्याउने अनुमति दिएको छ ।
मंगलबार बिहान बसेको बैठकले रिम्पोचेको शव ल्याएर काठमाण्डुको रानी वनमा अन्त्येष्टि गर्न दिने निर्णय गरेको हो ।
यसअघि विदेशी नागरिकको शव नेपालमा ल्याउने व्यवस्था नभएको भन्दै सरकारले अनुमति दिएको थिएन ।
उनका अनुयायीहरुको चर्को दवाबपछि सरकारले नीतिगत व्यवस्था मिलाएर शव ल्याउन दिएको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले मन्त्रिपरिषद्को उक्त निर्णय बारे जानकारी दिएका छन् ।
तिब्बती बौद्ध धर्मका प्रखार व्याख्याता रिम्पोचेको धार्मिक प्रवचनका क्रममा जेठ २८ मा जर्मनीमा हृदयघात भएर निधन भएको हो ।
उनको शव लामो समय दिल्लीमा राखिएको थियो ।