राप्रपा संसदीय दलको निर्वाचन

काठमाण्डु टुडे २०७१ साउन १० गते ३:५७ मा प्रकाशित

Raprapaकाठमाण्डु, १० साउन –राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ ।
मनोनयन दर्ता अहिले केहीबेरपछि हुँदैछ । दलको नेताका लागि सुर्यबहादुर थापा र दिपक बोहोरा आकांक्षी भएपनि थापाले चुनाव नलड्ने घोषणा गरेका छन् ।
राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार ९ बजेपछि मनोनयन दर्ता सुरु हुन्छ । राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १३ सभासद् छन् । दलको नेतामा बोहोराको मात्रै उम्मेदवारी पर्ने निश्चित भएको गिरीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us