झुन्डिएको अवस्थामा नव विवाहिताको शव बरामद

काठमाण्डु टुडे २०७१ साउन १० गते २:३१ मा प्रकाशित

गौशाला, १० साउन । महोत्तरी जिल्लाको रतौली गाविसमा शुक्रबार झुन्डिएको अवस्थामा एक नव विवाहिताको शव बरामद भएको छ ।

रतौली गाविसस्थित एक आँपको बोटमा स्थानीय रञ्जीत मण्डलकी पत्नी २२ वर्षीया मिन्टुदेवी मण्डलको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत वैशाखमा मात्रै बिहे भएकी महिला मिन्टुदेवीले घरायसी विवादका कारण आफैँ झुन्डिएको प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us