मन्त्रालयसहित २० निकाय सचिवविहिन

काठमाण्डु टुडे २०७१ साउन १० गते १:५३ मा प्रकाशित

sinhadurbarकाठमाण्डु, १० साउन – सचिव नहुँदा महत्वपुर्ण मन्त्रालय र निकायमा प्रशासनिक रिक्तता बढिरहेको बेला शुक्रबारदेखि सचिवविहिन मन्त्रालय र निकायको संख्या २० पुगेको छ । सात सचिव पद महिनौंदेखि रिक्त हुँदै आएकोमा साउन पहिलो साताभित्रै १३ सचिवले अबकास पाएका छन् ।

अर्थमन्त्रालयका सचिव युवराज भुसाल,सहरी विकास मन्त्रालयका सचिव किशोर थापा,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव केशवप्रसाद भट्टराई,स्वास्थ्य मन्त्रालयका सचिव प्रविण मिश्र,उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली,महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेशहरी अधिकारी र राष्ट्रिय सूचना आयोगका सचिव श्रीराम पन्तले बिहिबार एकैदिन अबकास पाएका छन् ।

एकैपटक धेरै संख्यामा सचिव रिक्त रहे पनि मन्त्रीपरिषद्को शुक्रबार बिहान बसेको बैठकले सचिव बढुवासम्बन्धी कुनै निर्णय गरेन । सत्तारुढ दलबीच भागबन्डा नमिल्दा लोकसेवा आयोगले सिफारिस गरिसके पनि बढुवा हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us