पशुपतिनाथमा सामान्य पुजा पनि रसिद काटेर

काठमाण्डु टुडे २०७१ साउन १० गते १:५१ मा प्रकाशित

pashupatiकाठमाण्डु, १० साउन – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेका पुरोहितले गराउने सामान्य पूजाको पनि रसिद काट्ने भएको छ । कोषले यसअघि विशेष पूजामामात्र रसिद काटेर भट्टहरुमार्फत पूजा गराउँदै आएको थियो ।


परिसरमा रहेका पुरोहितले भक्तजनलाई मन्दिरभित्र भिड छ भन्दै बाहिरै पुजा गराएर दक्षीणा असुल्ने गरेको गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न रसिद काटेर पूजा गराउने व्यवस्था गरिएको हो ।


कोषका सदस्यसचिव गोविन्द टन्डनले पुरोहितले दक्षीणा लिएर मन्दिरबाहिरै पूजा गर्न लगाएको र रुद्राक्षेको मालाको बजारमूल्यभन्दा ५ गुणा बढीसम्म रकम तिर्नुपरेको गुनासो आएपछि रसिद काटेर पूजा गर्न लगाउने योजना बनाइएको बताए ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा बर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us