भारतीय विदेशमन्त्री स्वराज नेपालमा

काठमाण्डु टुडे २०७१ साउन ९ गते १२:३६ मा प्रकाशित

sushma swarajकाठमाण्डु , ९ साउन –  भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी छिन् । भारतीय विशेष विमानबाट स्वराज साँझ ६ बजे त्रिभूवन विमानस्थल ओर्लिएकी हुन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन स्वराज आएकी हुन् ।   बैठक शनिबार काठमाण्डुमा हुनेछ । 

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री स्वराजले भनिन्,’ म भारतमा नयाँ सरकार गठनपछि पहिलोपटक नेपाल आएको हुँ,’ भारतको प्राथमिकतामा नेपाल उच्चस्थानमा रहेको उल्लेख गर्दै उनले भनिन्, नेपाल सँधै भारतको लागि उच्च प्राथमिकतामा रहेको मुलुक हो।’ 

भारतको विशेष चासोसहित हुन लागेको यो बैठक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा दुई देशबीच हुने सहयोग तथा व्यापार सम्बन्धी सम्झौताहरुमा केन्द्रित हुने जनाइएको छ ।

 

 दुई दिनसम्म चल्ने बैठकमा नेपाल र भारतबीच जलस्रोत, आर्थिक सहयोग, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा गहन छलफल हुने छ । बैठकमा सुपुर्दगी सन्धी र सीमा नक्साको विषयमा पनि छलफल हुने बताइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us