काठमाण्डु , ९ साउन – छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसन बस्दै आउनु भएका गोर्खाका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारीलाई बचाउन नसक्ने अवस्थामा पुगेका छन् ।
२ सय ७३ दिन देखि अनसन बस्दै आएका दम्पतिहरुको उपचारमा संलग्न चिकित्सकहरुले अब बचाउन नसक्ने बताईसकेको वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए । उनले भने दुवै जनाका नसाहरु बन्द भइसकेका छन् चिकित्सकहरुले जोड बलले खोल्दा पनि हार खाइसक्नुभएको छ ।
यसैगरी आमरण अनसनमा बसेका दुवै जनाले उपचारमा कुनैपनि कोपरेट नगरेको बताए । औषधी दिदापनि जोर जवरजस्ती गर्नुपर्ने र चौवीसै घन्टा कुनुपर्ने अवस्था रहेको बताए ।
उपचारकालागि अहिले सम्म वीर अस्पताले २१ लाख रुपैया खर्च गरिसकेपनि सरकारले सोध भर्ना भने गरेको छैन् । यसैगरी अस्पतालको बेड चार्ज मात्रै ४ लाख पुगिसकेको छ । गृहमन्त्रालयले दुवै जनाको उपचार खर्च वीर अस्पताललाई दिने भनेपनि अझै पठाएको छैन् ।
अहिले गृहबाट स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल अड्एिको छ । अस्पतालले दुवै जनाको होस रहदाँ सम्म उपचार गर्ने भएपनि औषधीको पैसा तत्काल उपलव्ध गराउनुपर्ने अवस्था छ ।
वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले भने अहिले सम्म २५ लाख रुपैया खर्च भइसकेपनि बचाउन भने सक्ने अवस्था छैन् तैपनि सरकारले उपचार नरोक्नु र पैसाको व्यवथा गछौ भनेकाले अहिले पनि हामी लागिरहेकै छौ ।