भर्‍याङबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ९ गते ११:३६ मा प्रकाशित

काठमाण्डु , ९ साउन – काठमाण्डु टेवहाल डेरा गरी बस्ने ४० बर्षीय शिवराम श्रेष्ठको भर्‍याङबाट खसेर मृत्यु भएको छ ।

बिहिबार डेरा घरको भर्‍याङबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाङ – स्याङजा जिल्ला घर भई भैरहवा बस्ने ३३ बर्षीय झम बहादुर थापाको घरको छतबाट खसेर मृत्यु भएको छ ।

घोराही नगरपालिका–१० डेरा गरी बस्ने रजि मियाँलाई भेट्न आएको अवस्थामा अचानक घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us