पुष्पलालको विचारलाई वामपन्थीलाई सम्मान गरेनन् : वामपन्थी पार्टी

काठमाण्डु टुडे २०७१ साउन ८ गते १०:३८ मा प्रकाशित

काठमाण्डु , ८ साउन – नेकपा माक्र्सवादी पार्टी केन्द्रीय समितिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ३६ औं स्मृति दिवसका अवसरमा विचार गोष्ठीको आयोजना गरेको छ ।

pushpalalरिपोटर्स क्लब नेपालमा बिहिबार आयोजना गरेको गोष्ठीमा सहभागी कम्युनिष्ट नेताहरुले पुष्पलालको बिचारलाई देशका कम्युनिष्ट पार्टीहरुले सम्मान गर्न नसकेको आरोप लगाएका छन् । ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले, एकीकृत माओवादी लगायतले पुष्पलालको विचारलाई अगाडी बढाउन नसकेको उनीहरुले औंल्याए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष अम्बिकाप्रसाद थैबले पुष्पलालले लिएको बिचार अहिले पनि उत्तिकै सान्दर्भीक रहेको दावी गरे । कम्युनिष्टहरु एक आपसमा मिल्न नसक्दा कम्युनिष्ट आन्दोलननै कमजोर बनेको उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पुष्पलालको बिचारलाई आत्मसात गर्ने पार्टी मात्रै सच्चा कम्युनिष्ट पार्टी रहेको बताए । उनीहरुले कम्युनिष्ट पार्टीमा नेतृत्व भन्दापनि नीति प्रधान हुने तर्क गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us