परासी, २६ असार – नवलपरासीको दुम्किबास गाविस–५ दाउन्नेको ओरालोमा ट्रक पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २५११ नम्बरको ट्रक गएराति ११ बजेको समयमा दाउन्नेको ओरालोमा अनियन्त्रित भई पल्टिँदा ट्रकधनी चितवन भरतपुर नगरपालिका–१२ बस्ने वर्ष ६० का वीरेन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।
चालक मकवानपुर पदमपोखरीका ३३ वर्षीय मोतीलाल सापाकोटा गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते सापकोटाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस