असार २९ मा बजेट सार्वजनिक हुने

काठमाण्डु टुडे २०७१ असार २६ गते ८:४१ मा प्रकाशित

काठमाण्डु, २६ असार– सरकारले आगामी आइतबार व्यवस्थापिका संसदमा बजेट पेस गर्ने भएको छ । अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै आगामी आर्थिक वर्षको बजेट असार २९ अपरान्ह ४ बजे पेस गर्ने जानकारी दिए ।

budgetआर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले आर्थिक चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर साढे ५ प्रतिशतले भएको बताए ।

उनले कुल ग्रार्हस्थ उत्पादनमा कृषि प्रमुख भएपनि कृषि एवं उद्योगको योगदान घटेको र सेवा क्षेत्रको बढेको जनाए । रेमिटेन्सले पनि अर्थतन्त्रमा सघाएको महतको भनाई थियो ।

भुक्तानीमा सन्तुलन आएको जानकारी दिंदै उनले ११ महिनाभन्दा बढीका लागि आयात धान्ने गरी विदेशी मुद्रा मौज्दात रहेको सदनमा जानकारी दिए । व्यापार घाटा भने बढेको छ ।

बैंकिङ्ग क्षेत्रमा तरलता बढेको भन्दै उनले लगानीका अवसरको कमीले गर्दा बैंकहरु निक्षेप संकलनमा तत्पर नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us