कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाण्डु टुडे २०७१ असार २६ गते ६:०९ मा प्रकाशित

चितवन, २६ असार– नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा बिहीबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको बा ९ च ७७८८ नम्बरको कार सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाण्डु धापासीका ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा तनहुँ सप्तगण्डकी नगरपालिका–२ बस्ने ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् । उनीहरुको भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us