माधवले दिए झलनाथको भागमा पाँच पदाधिकारी

काठमाण्डु टुडे २०७१ असार २६ गते ५:५८ मा प्रकाशित

काठमाण्डु, २६ असार–  एमाले अध्यक्ष झलनाथ खनालको भागमा कुल १५ मध्ये पाँच पदाधिकारी परेको छ ।
jn-madhavराजधानीमा जारी नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहलाई सघाउने तयारीमा रहेका उनलाई उपाध्यक्ष एक, उप–महासचिव एक र सचिवमा दुई एक पद दिन नेपाल पक्ष तयार भएको हो ।

नेपाल पक्षले बिहान पत्रकार सम्मेलन गरी ती तीन पदबाहेक अन्यमा उम्मेदवारी घोषणा गरेको छ । खनाल पक्षबाट भीम आचार्यको नाम मात्र सचिवमा घोषणा भएको छ । नयाँ विधानअनुसार अध्यक्ष खनाल एक कार्यकालमा लागि स्वत: वरिष्ठ नेताको हैसियतमा पदाधिकारीमा रहने छन् ।

खनालले आफ्नो भागमा परेको उपाध्यक्षमा राजेन्द्र पाण्डे तथा सचिवमा प्रकाश ज्वाला वा परशुराम मेघी गुरुङमध्ये एक जनालाई अघि सार्ने तयारी गरेका छन् । उप–महासचिवमा भने नामको टुंगो लागेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us