जेठीले छोरा नपाएको भन्दै कान्छी भित्र्याउने पक्राउ

काठमाण्डु टुडे २०७१ असार २६ गते ५:२१ मा प्रकाशित

महोत्तरी, २६ असार– छोरा नजन्माएको भन्दै बहुविवाह गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी पिपरा–७ का ३५ वर्षीय रामयाद मण्डल रहेका छन् । १६ वर्षअघि विवाह गरेकी श्रीमती लक्ष्मीकुमारीले दुई छोरी मात्र जन्माएको भन्ले मण्डलले दोश्रो विवाह गरेका हुन् । छोरा नपाएको भन्दै मण्डलले लक्ष्मीलाई पटकपटक शारीरिक र मानसिक यातना दिँदै आएका थिए ।

उनीहरुका ११ वर्षीया छोरी सम्झना  र ६ वर्षीया रञ्जना छन् । लक्ष्मी माइत गएका बेला रामयादले डाम्ही मडै–३ की २५ वर्षीया राधादेवी मण्डलसँग गत असार ६ गते अर्को विवाह गरेका थिए ।
जेठी श्रीमतीको जाहेरीका आधारमा रामयादलाई पक्राउ गरी बहुविवाहसम्बन्धी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us