बहुमतको अहंकारमा नमात्तिन सत्तापक्षलाई प्रचण्डको आग्रह

काठमाण्डु टुडे २०७१ असार २६ गते ८:४२ मा प्रकाशित

काठमाण्डु, २६ असार– संविधानसभाभित्र रहेका पहिचान पक्षधर दलहरुले एकीकृत माओवादीको नेतृत्वमा संयुक्त मोर्चा घोषणा गरेका छन् ।

prachandaकाठमाण्डुको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी एमाओवादी नेतृत्वमा मधेस केन्द्रित र केही साना दल मिलेर संघीय लोकातन्त्रिक गणातन्त्रिक मोर्चा घोषणा गरेका हुन् ।

बहुमतको आडमा सत्ता पक्षले एक पक्षीय संविधान बनाउन खोजेकाले दबाब दिन मोर्चा घोषणा गर्न लागेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले बताएका छन् ।

प्रचण्डले बहुमतको आधारमा संविधान जारी गर्न हो भने हामीले पहिल्यै गर्न सक्थ्यौ । तर दलीय सहमतिमा बनाउनु पर्ने हुनाले हामीले त्यसो नगरेको प्रष्ट पारेका छन् । यदि काग्रेस र एमालेले ठुलो दलको अहंकारमा पेलेर संविधान बनाउन खोज्यो भने हामीलाई सह्य नहुने र मुलुक मुठभेड र द्धन्द्धमा फस्ने चेतावनी दिएका छन् ।

यो मोर्चालाई सामान्य नठान्न पनि उनले आग्रह गरेका छन् ।

कार्यक्रममा फोरम लोकतान्त्रीक अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षको व्यवहार संविधान नबनाउनेतर्फ केन्द्रीत भएकाले मोर्चा बनाउन बाध्य भएको बताएका छन् ।

गच्छदारले मधेसी दलले थोरै सीट ल्याएर खुम्चिए भन्ने भ्रममा हुनुहुन्छ भने सत्तापक्षलाई महङगो सावित हुनेछ । मधेसीको मुद्धालाई संवोधन नगरी संविधान जारी गर्ने प्रयत्न गरे संविधानसभा फेरी असफल हुने ठोकुवा गरे ।

अन्य सहभागी दलका नेताहरुले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी नगरे मुलुक असफल हुने बताएका छन् ।

साथै सत्तापक्षलाई व्यवहार सुधार्न आग्रह गरेका छन् ।

माओवादीले संविधानसभा भित्रर बाहिरबाट संविधान निर्माणमा दबाब दिने रणनीति बनाएको छ ।

यसअघि उसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभाबाहिर रहेका चार कम्युनिष्ट घटकसँग मोर्चा घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us