बीस वर्षे पुराना जिप साउनदेखि नचल्ने

काठमाण्डु टुडे २०७१ असार २६ गते १:५९ मा प्रकाशित

भैरहवा, २६ असार– आगामी साउनदेखि सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले २० वर्ष पुराना जिप हटाउने भएको छ ।
सरकारले नै २० वर्षे पुराना गाडी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरुले उक्त साउन १ गतेबाट चल्न नदिने निर्णय गरेको समिति अध्यक्ष दीपकराज शर्माले बताए ।

पुराना जिपहरुले उच्च प्रदूषण गर्ने र कतिपयका इन्जिनसमेत थोत्रा भइसकेकाले ब्रेकले समेत काम नगर्ने भइसकेका छन् । जसका कारण दुर्घटनासमेत बढेका छन् ।

समिति र पुराना जिपधनीहरुबीच बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पनि पुराना जिप हटाउने समितिको नियर्णलाई सघाउने बताउँदै साउनभित्रै सहमति गरेर आउन दुवै पक्षलाई आग्रह गरे ।
सरकारले लुम्बिनीलाई पर्यटन हवका रुपमा राखेर पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्यण गरेपछि सिद्धार्थ यातायात समितिले पनि पुराना जिपहरु विस्थापित गरी सुविधायुक्त सवारीसाधन भित्रयाउने योजना ल्याएको छ ।

पुराना सवारीसाधन विस्थापित गरी नयाँ सवारी दर्ता गर्न आउनmेलाई समितिले लिने दर्ता शुल्क छुट गर्ने समितिले जनाएको छ ।  २४ वर्षपछि अर्जेन्टिना विश्वकप फाइनलमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us