काठमाण्डु, २५ असार– सभासदलाई आगामी बजेटमा सभासदलाई पाँच करोडका दरले दिन माग भइरहेका बेला रकम नदिन माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको छ ।
जनतालाई एक वर्षभित्र संविधान दिन्छु भन्ने बाचा गरेर आएका सभासदहरु बाचा पूरा गर्न लाग्नुको साटो पाँच करोड माग्दै हिँडेको भन्दै रिट परेको हो । रिटमा त्यसरी दिइने रकम दलका कार्यकर्ता पोस्न खर्च हुने दाबी गरिएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालका अनुसार रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई विपक्षी बनाइएको छ । दाहालले रिटमाथि बिहीबार सुनुवाई हुने बताए ।