काठमाण्डु, २५ असार- लोककल्याणकारी विज्ञापनमा अघिले आर्थिक वर्षमा वृद्धि भएको २५ प्रतिशत रकम निकाशा गर्न अर्थमन्त्रालय सहमत भएको छ ।
अध्यक्ष महेन्द्र विष्ट र महासचिव उजीर मगरसहित नेपाल पत्रकार महासंघका पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री रामशरण महत बढेको रकम दिन सहमत भएका हुन् ।
वृद्धि भएको रकम निकाशाको माग गर्दै पत्रकार महासंघका काठमाण्डु उपत्यकाका तीन वटै जिल्ला शाखाले आन्दोलन गर्दै आएका थिए । उनीहरुले सोमबारदेखि सञ्चार मन्त्रायल अगाडि धर्ना दिँदै आएका थिए ।
महासचिव मगरले गत साउनदेखिकै बढेको रकम दिन अर्थ मन्त्रालय तयार भएको बताए । उनले अर्थमन्त्रीले बिहीबारबाटै रकम निकाशा गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे ।