सुजाता भन्छिन्, ‘कार्यकर्ता पोस्न किन दिने पाँच करोड ?’

काठमाण्डु टुडे २०७१ असार २५ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, २५ असार– सरकार नेतृत्वकर्ता दल कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सभासदलाई ५ करोड दिन नहुने बताएकी छन् ।

Sujata-Koirala
विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले ५ करोड दिन आवश्यक नरहेको बताएकी हुन् । काँगेस केन्द्रीय समितिले सभासदलाई ५ करोड दिन सरकारलाई निर्देशन दिएलगत्तै कोइरालाको यस्तो भनाइ बाहिर आएको हो । उनले पार्टी निर्णय गलत भएको बताइन् ।

प्रत्येक सभासदलाई ५ करोडका दरले रकम बाँड्दा भ्रष्टाचार मौलाउने उनको भनाइ थियो । विगतमा दिने गरिएको १० लाख रुपैयाँमा समेत भ्रष्टाचार भएकाले धेरै रकम दिँदा भ्रष्टाचार तप बढ्ने बताइन् ।

‘विगतमा दिइएको १० लाखले गाउँगाउँमा भ्रष्टाचार बढाएको छ’, कोइरालाले भनिन्, ‘कार्यकर्तालाई बाँडेर भ्रष्टाचार गर्न ५ करोड बाँड्न मिल्दैन ।’ उनले सभासदलाई दिनते पैसा योजना बनाएर विकासमा खर्च गर्न सकिने उल्लेख गरिन् ।

उनले सभासदलाई पाँच करोड दिन सरकारलाई आग्रह गर्ने पार्टी निर्णयमा समेत आपत्ति जनाइन् । उनले त्यस्तो गलत निर्णय पार्टीले फिर्ता लिनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us