विभिन्न अभियोगमा १२ पक्राउ

काठमाण्डु टुडे २०७१ असार २५ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, २५ असार – सितापाईला–१ सोल्टीमोड बस्ने मकवानपुर जिल्ला पालुङ्ग–५ घर भएका २२ बर्षीय रामलाल वाईवालाई अवैध लागूऔषध ६ सय २५ ग्रामसहित असार २४ गते  प्रहरीले पक्राउ गरेको छ ।

निजले सितापाईला–१ स्थित बुढाथोकी कोल्डस्टोर नजिक लागूऔषध चरेश बिक्री बितरण गरीरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटीएको प्रहरी टोलीले उक्त चरेश पत्रिकामा पोको पारी बोकी हिँडिरहेको अवस्थामा निजलाई फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कास्की – म्याग्दी जिल्ला मकवाङ–७ बस्ने २८ बर्षीय शंकर तामाङसहित ५ जनालाई प्रहरीले १ किलो २९८ ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरेको छ ।

पोखरा उपमहानगरपालिका–८ सिर्जना चोकस्थित बिष्णु रानाको घरमा अवैधरुपमा यार्सागुम्बा खरीद विक्री तथा ओसार पसार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई असार २४ उक्त परिमाणको यार्सागुम्बासहित फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाण्डु– काठमाण्डुबाट वीरगंजतर्फ जान लागेको ना.५ ख १७४० नम्वरको बसबाट भारतीय नागरिक भारत मोतिहारी पुर्वी चम्पारन हरिसिद्धि घर बताउने ३० बर्षीय फेउजा अलीलाई ७ लाख ३० हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

नागढुंगास्थित चेक प्वाईन्टमा बिशेष सूचनाको आधारमा असार २४ मा प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १ हजार, ५ सय, १ सय, २० र १० रुपैयाँ दरका गरी उक्त रुपैयाँ बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुर – डिउटीमा खटिएका प्रहरी जवानलाई कुटपिट गर्ने मध्यपुर ठिमी नगरपालिका–१६ बस्ने ३४ बर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट मनहरा पुलमा डिउटीमा खटिएको प्रहरी टोलीले गएराति सवारी साधन चेकजाँच गर्नेक्रममा बा.५५ प ५९९१ नम्वरको मोटरसाइकलमा आएका उनले प्रहरी जवान राजेश गिरीसँग विवाद गरी कुटपिट गरेकोले उपचारको लागि मितेरी अस्पताल लोकन्थली लगिएकोमा उपचार पश्चात प्रहरी जवान डिस्चार्ज भएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाण्डु – आप्mनै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१२ टेकु ब्रम्हटोल बस्ने २९ बर्षीय लेनन तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले घरायसी विवादमा २५ बर्षीया श्रीमती रविना तुलाधरलाई नङकटमा रहेको चक्कुले असार २४ मा प्रहार गर्दा दुवै हात र निधारमा चोट लागेपछि उपचारकोलागि ज्योति अस्पताल कालीमाटी लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाण्डु – सुन चोरी गर्ने काठमाडौँ महानगरपालिका–४ धुम्बाराही बस्ने ३२ बर्षीया आज्ञा रेग्मी र चोरी गरेको सुन किन्ने झापा जिल्ला कुवारा–४ घर भई हाल चण्डोल बस्ने ४८ बर्षीय उदयनारायण वि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

निज आज्ञा रेग्मीले चोरी गरेको सुन निज वि.क.लाई बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले असार २४ मा विकको कोठा तलासी गर्दा अन्दाजी ६ तोला सुन बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाण्डु – नक्कली राहदानी प्रयोग गरेको अनुसन्धानको सिलसिलामा असार १५ गतेदेखि अध्यागमन बिभाग डिल्लीबजार कालिकास्थानको नियन्त्रणमा रहेको अवस्थामा भागी फरार भएका अमेरिकी नागरिक ४८ बर्षीय केभिन जोहनलाई प्रहरीले पक्राउ गरेको छ ।

नेटफोनबाट कुरा गर्न भनी डिल्लीबजार लैजाने क्रममा असार २४ मा भागी फरार भएकोमा प्रहरी टोलीले सोही दिन राती काठमाण्डु महानगरपालिका–२१ भोटेबहालस्थित राजस्थान होटलमा लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोरङ – बनीगामा–३ बस्ने २२ बर्षीय तुलसी पुरीलाई फरुवा प्रहार गर्ने सोही ठाउँ बस्ने २८ बर्षीय रुकमणी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

निज चौधरीले खेतमा पानी लगाउने बिषयमा विवाद हुँदा बुधबार निज पुरीलाई टाउकोमा फरुवाले हिर्काउँदा गम्भीर घाइते भएकोले उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us