खनालको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाण्डु टुडे २०७१ असार २४ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, २४ असार– नेकपा एमालेको काठमाण्डुमा जारी नवौं महाधिवेशनअन्तर्गत बन्दसले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्ताव संशोधनसहित पारित गरेको छ ।

JN_khanal1बन्दसत्रमा १९ वटा समूहबाट उठेका प्रश्नको अध्यक्ष खनालले जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिका आधारमा पारित भएको हो ।  सोमबार १० र मंगलबार ९ टोली नेताले प्रस्तावप्रति समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

खनालले प्रतिवेदनमा एमालेलाई आगामी निर्वाचनबाट पहिलो पार्टी बनाउन प्रस्ताव गरेका छन् । तर समूहगत छलफलका क्रममा प्रतिनिधिले भने पहिलो पार्टी बनाउने आधार प्रतिवेदनले दिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

खनालको प्रस्तावमा कम्युनिष्ट आन्दोलनको समीक्षा र चुनौती, उपलब्धी रक्षा, संविधान निर्माण र अरु दलसँगको सहकार्यलगायत विषय समेटेका छन् । बन्द सत्रले केन्द्रीय अनुशासन आयोग र लेखा आयोगको प्रतिवेदन पनि सुझावसहित पारित गरेको छ ।

विधान संशोधन प्रस्तावमा भने सर्वसम्मति नभएपछि बुधबार फेरि छलफल हुने भएको छ । खास गरी अध्यक्षका दाबेदार केपी शर्मा ओली पक्षले पदाधिकारी थप्ने प्रस्तावमा असहमति जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us