जसको नीति उसैको नेतृत्व : नेपाल

काठमाण्डु टुडे २०७१ असार २४ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २४ असार –  नवौं महाधिवेशनमा एमालेका अध्यक्ष प्रत्यासी माधवकुमार नेपालले हलबाट राजनीतिक दस्तावेज पारित भए लगत्तै अध्यक्षका प्रत्याशी बरिष्ठ नेता नेपालले महाधिवेशनबाट आफ्नो नीति पारित भएको दावी गर्दै आरामदायी बहुमत पाउने दाबी गरेका छन् ।

Madhav_Kumar_Nepal2‘हाम्रो नीति हलले पारित गरेको छ अब नेतृत्व पनि हामीले नै गर्ने हो’ नेता नेपालले भने ‘अध्यक्षमा म अत्यधिक मतले जित्ने निश्चित भइसक्यो’ । बरिष्ठ नेता नेपालले नीति र नेतृत्व एउटैको हुनुपर्ने बताए ।

अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित भएलगत्तै मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग नेता नेपालले आफ्नो सक्षम टिम जित्ने आधार रहेको उल्लेख गरे । नेपालले आफ्नो विचार समूहको विजय भइसकेको बताउँदै अबको ७२ घण्टामा घोषणा हुने बताए ।

नेपालले खनालको प्रतिवेदन सर्वसम्मत पारित हुनु आफ्नो विचार समूहको विजय सुनिश्चित भएको नेपालको भनाइ छ । हाम्रो दस्तावेजलाई तालीको गड्गडाहटले पास गर्नुभएको छ, उनले भने, हाम्रो विचारमा सिंगो पार्टी एक भएको छ । उनले आफूले १० औं महाधिवेशनमा नयाँ पिंढीलाई नेतृत्व दिने बाटो तयार गर्ने बताए ।

नेपालले अध्यक्ष खनालले आफूलाई सहयोग गर्ने कुरा दोहोर्‍याइरहनु नपर्ने बताए । राजनीतिक प्रतिवेदनमा जवाफ दिनेक्रममा खनालले नेतृत्व पुस्तान्तरणमा जोड दिएको उनको दाबी छ ।

लगत्तै मिडिया सेन्टरमा आएका वामदेव गौतमले आफ्नो विजय घोषणा गर्नमात्र बाँकी रहेको अभिव्यक्तिलाई भूक्ने कुकुरले नटोक्ने र गर्जने मेघले पानी नपार्ने टिप्पणी गरे ।

गौतमले पार्टी र मुलुक हाँक्न सक्ने सक्षम नेतृत्व महाधिवेशनबाट आउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले ओलीलाई अध्यक्ष बनाएर जाने तयारी गरेको स्पष्ट पारे  । गौतमले भने , “नेता ओलीले ४५ वर्ष राजनीतिक जीवन बिताउनुभएको छ, न्यायको सिद्धान्तअनुसार पनि उहाँलाई अध्यक्ष बनाएर जानुपर्छ ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us