इनारमा डुबेर दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २४ गते १०:१६ मा प्रकाशित

चितवन, २४ असार– पश्चिम चितवनको पार्वतीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको निस्सासिएर मृत्यु भएको छ ।

पार्वतीपुर–५ का राजु तामाङको इनार सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पटिहानी पदमपुरका ३५ वर्षीय लालबहादुर विक र २८ वर्षीय कुमार विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय प्रहरीले नसकेपछि सशस्त्र प्रहरी विपद व्यवस्थापन केन्द्रबाट गएको सशस्त्र प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो । यसैबीच इनार धनी तामाङले तत्काल किरिया खर्चबापत विकद्वयका परिवारलाई २५ हजार दिने र १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us