झलनाथको समर्थन मलाई: ओली

काठमाण्डु टुडे २०७१ असार २४ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमाले संसदीय दलका नेता एवम् अध्यक्षका दाबेदार केपी शर्मा ओलीले माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालको समीकरणप्रति विश्वास kpनभएको बताएका छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अध्यक्ष खनालले आफूसँग पटकपटक आश्वासन दिएकाले ओली नेपाल समीकरणप्रति विश्वास नरहेको बताएका हुन् ।

नेपाल–खनाल पक्षले संयुक्त प्लानल घोषणा गर्ने तयारी गरिरहेका बेला ओलीको यस्तो दाबी आएको हो । ‘अध्यक्षले मलाई पटकपटक तपाईंको स्वास्थ्यले साथ दिन्छ भने मेरो समर्थन हुन्छ भन्नुभएको छ’, ओलीले भने, ‘त्यसैले खनाल नेपाल समीकरणप्रति मलाई पटक्कै विश्वास छैन ।’
ओलीले पदाधिकारी थप्ने प्रस्ताव अस्वभाविक हुने भन्दै त्यसको विरोध गरेका छन् । ‘चीनजस्तो ठूलो देशमा त ७ जना पदाधिकारी छन् । हाम्रोमा हरेक महाधिवेशनमा पदाधिकारी थपेर डोकोमा नअट्ने किन बनाउन पर्‍यो ?’ उनले हाल कायम पदाधिकारी संख्या ठीक भएको बताए ।

यस्तै ओलीले अनुशासन आयोगको प्रतिवेशनमा संगठनात्मक कुरा बढी आएको भन्दै त्यलाई संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । अरु प्रतिवेशनमा पनि आफ्ना आफ्ना कुरा आएको भन्दै उनले त्यसमा व्यापक छलफलको आवश्यकता रहेको बताए ।
ओलीले नेपाल पक्ष अहिलेको विज्ञान प्रविधिको जमानामा पनि त्यसको प्रयोग गर्न डराएको आरोप लगाए । एमाले संसदीय दलको चुनावमा र अरु दलले पनि विद्युतीय भोटिङ मोशिनको प्रयोग गरेको चर्चा गर्दै उनले नेपाल समूह डराएर पछि हटेको टिप्पणी गरे ।

नेता ओलीले अझै पनि आफ्नो नामा सहमति हुने सम्भावना रहेको दाबी गरे  । ‘मैले १५ वर्ष चलाएँ अब २० वर्ष किन नचलाउने भन्ने तर्क गर्ने हो भने त सहमति हुन्न, ओलीले भने ‘ औचित्य र तर्क गर्ने हो भने अझै पनि सहमति हुने सम्भवना छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us