मतदानमा भोटिङ मेशिन प्रयोग नगर्ने एमाले निर्णय

काठमाण्डु टुडे २०७१ असार २३ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग नहुने भएको छ ।

अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षले विश्वसनीयतामाथि प्रश्न उठाएपछि विद्युतीय भोटिङ मेशिन प्रयोग नहुने भएको हो ।

निर्वाचन समितिले भोटिङ मेशिनको साटो मतपत्र प्रयोग गर्ने निर्णय गरेको छ । एमालेले यसअघि नेपाली वैज्ञानिक राम/लक्ष्मण रिमालले बनाएको विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरेको थियो ।

भोटिङ मेशिन प्रयोग नहुने भएपछि महाधिवेशन केही दिन लम्बिने भएको छ । १९ असारमा सुरु महाधिवेशन २५ गते सक्ने तयारी थियो । मतपत्र छपाइको काम मंगलबार सुरु हुने अध्यक्ष मण्डलकी अध्यक्ष विद्यादेवी भण्डारीले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us