नेपाल अध्यक्ष भए पार्टी विघटन : बस्नेत

काठमाण्डु टुडे २०७१ असार २३ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, २३ असार – यूवा संघका अध्यक्ष महेश बस्नेतले केपी ओली विरामी भएको र खट्न नसक्ने भनि आरोपित गर्ने हो भने म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई पार्टीको अध्यक्ष बनाउन चुनौती दिए ।

mahesh-basnetउनले माधवकुमार नेपालको खटाई र सक्रियता नक्कली भएको दावी गर्दै नेपाल अध्यक्ष भए पार्टी विघटन हुने चेतावनी दिए ।

बस्नेतले माधवकुमार नेपालमा चुनाव जित्ने बेला र अप्ठ्यारो परिस्थितिमा यूवा चाहिने र अरु बेला तिनै नेताहरुलाई डन देख्ने दोधारे चरित्र भएको भन्दै सम्पूर्ण यूवा पंक्ति ओलीको पक्षमा रहेकोले ३२५ भन्दा बढी मतले चुनाव जित्ने दावी गरे । उनले माधवकुमार नेपाललाई धेरै नउचाल्न सुझाव दिदै धेरै उचाल्दा खस्ने चेतावनी दिए ।

बस्नेतले संसदीय दलको नेतामा झलनाथ खनाललाई माधवकुमार नेपालले पराजित गराए जस्तै यस पटक अध्यक्ष पदमा माधवकुमार नेपाललाई झलनाथ खनालले हराउने ठोकुवा गर्दै अहिले काँग्रेस र एमाओवादी भित्र भूमिका खोज्ने भन्दा पनि समग्र रुपमा एमालेको भूमिका खोज्ने नेताको रुपमा ओलीलाई विजयी बनाउनै पर्ने आवश्यकतामा जोड दिए ।

उनले नेपाल समूहले अर्ध औपनिबेशिक र अर्ध सामन्ती अवस्था अन्त्य भई पूँजिवाद सुरु भएको भन्ने तर्कको खण्डन गर्दै विदेशी सहयोगमा आश्रित हुने अनि यस्तो कुरा गर्नु पुरानो दौरा सुरुवालमा नयाँ टोपी लगाउनु भए जस्तै भएको तर्क गरे । उनले भने– मुलुक पुजिवाद तिर उन्मुख छ ।

सामन्तवाद सकियो भन्ने कुरा हावादारी टिप्पणी हो । बस्नेतले पार्टीभित्र चुनावको विषयलाई लिएर भएको धु्रविकरणप्रति चिन्ता समेत ब्यक्त गर्दै दुई दुई कार्यकाल यूवा संघको नेतृत्व गरि पार्टीमा भूमिका निर्वाह गरेकोले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने घोषणा समेत साक्षात्कारबाटै गरे ।

ओली पक्षीय नेता खेम लोहनीले जनताको चाहना, दुरदर्शी र २१ औ शताब्दिको नेतृत्व हाँक्न सक्ने नेता केपी ओली भएको भन्दै ७५ प्रतिसतको समर्थन ओलीलाई भएकोले जित निश्चित भएको दावी गरे ।

उनले ३२५ मतको फरकले केपी ओलीले अध्यक्षमा जित्ने दावी गर्दै झलनाथ खनालका कार्यकर्ताहरु नेपालको पक्षमा गईसकेकोले अहिले झलनाथको समर्थन पाउनेले जित्ने भन्ने कुरा चुनावलाई प्रभावित पार्ने खेल मात्र भएको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us