विदेशी नागरिकको भिरबाट लडेर मृत्यु

काठमाण्डु टुडे २०७१ असार २३ गते ११:५४ मा प्रकाशित

रसुवा, २३ असार रसुवाको धुन्चे घुम्न जाने क्रममा भिरबाट लडेर एक ब्रिटिस नागरिकको मृत्यु भएको छ ।

धुन्चे ८ स्थित नागु भन्ने स्थानमा बालमन्दिरका दुई बालबालीका लिएर घुम्न गएका ब्रिटिस नागरिक ७० वर्षका पिरेस सेल्चनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भोगेन्द्र पुरुष ढकालले बताए ।

तस्बिर खिच्ने क्रममा ढुङ्गामा चिप्लिएर दुई सय मिटर तल खस्दा सोमबार ब्रिटिस नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुई महिना अघि देखि धुन्चेमा रहेको बालमन्दिरमा बस्दै आएका सेल्चन अनाथ तथा बालबालीकाको हेरचाहमा सक्रिय रहदै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us