ओलीको स्वास्थ्य उचालेर ‘ईमोस्नल ब्लाकमेलिङग’ नगर्नोस् : ढकाल

काठमाण्डु टुडे २०७१ असार २३ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २३ असार – नेकपा एमाले यूवा नेता रामनाथ ढकालले पार्टी बलियो रेस्लरले नभई विचारले हाँक्ने भएकोले केपी ओलीको स्वास्थ्य अवस्थालाई उचालेर ‘ईमोस्नल ब्लाकमेलिङग’ नगर्न चेतावनी दिएका छन् ।

Ramnath-Dhakalरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले अमेरिकाको राष्ट्रपतिले ह्वील चेयरबाट मुलुक चलाएको उदाहरण प्रस्तुत गर्दै केपी ओली र उनका चिकित्सकले स्वस्थ रहेको प्रष्ट पार्दापार्दै अफवाह फैलाएको आरोप लगाए ।

साक्षात्कारमा ढकालले भने– ‘प्रधानमन्त्री सुशील कोइराला पनि क्यान्सरले पीडित हुनु हुन्छ । के उहाँलाई पनि सक्नु हुन्न भनेर निकाल्ने हो ?’

उनले पार्टीको छैठौ, सातौ र आठौ महाधिवेशनले केपी ओलीकै विचारलाई स्विकार गरेर आएकोले नेता केपी ओलीले नै पार्टीको नेतृत्व गर्नु पर्ने भन्दै जसको विचार उसैको नेतृत्व सबैले स्विकारेकोले अबको नेतृत्व उनकै हुने ठोकुवा गरे ।

उनले पार्टीभित्र सहमतिमा नेतृत्व चयनको सम्भावना अझै अन्त्य नभईसकेको स्पष्ट पार्दै उम्मेदवारी घोषणा भएर मतदान हुनु पूर्व समेत सहमतिको सम्भावना कायमै रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us