विदेशीका कारण संघीय संविधान बनाउन कठिनाई: कोइराला

काठमाण्डु टुडे २०७१ असार २१ गते ११:२० मा प्रकाशित

धनकुटा, २१ असार– काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय समुदायको स्वार्थका कारण संघीयतासहितको संविधान बनाउन कठिनाई भइरहेको बताएका छन् ।
Shekhar-Koirlaप्रेस युनियन धनकुटा शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा उहनले संघीयताको बहसमा नेपालीसँगै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले समेत चासो देखाएकाले राजनीतिक सहमति जुट्न नसेकको बताए ।

केही दललाई अन्तर्राष्ट्रिय समुदायले संघीयताको विपक्षमा उभ्याएकाले सहमति निर्माणमा जटिलता थपिएको उनको भनाइ थियो । तर उनले त्यसबारे थप खुलाउन चाहेनन् ।

सबै जाति, समुदाय र वर्गको हितलाई ध्यानमा राखेर बहुजातीय संघीयता हुने उनको भनाइ थियो ।

अर्को एक फरक प्रसंगमा कोइरालाले पहुँचवाला नेताले निर्वाचन क्षेत्रमा करोडौं रकम लाने गरेको र सोझा र पहुँच नभएका सभासदको क्षेत्रमा एक रुपैयाँ पनि नजाने भएकाले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत ५ करोड रुपैयाँ दिन सरकारसँग माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us