एमाओवादी रामेछापमा तामाङ, सिन्धुलीमा दाहाल

काठमाण्डु टुडे २०७१ असार २१ गते ७:५१ मा प्रकाशित

रामेछाप, २१ असार– एकीकृत माओवादीको रामेछाप अध्यक्षमा डिल्लीमान तामाङ चयन भएका छन् ।
maoist-flagताम्शालीङ इन्चार्ज नारायण दाहाल र पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङको उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले तामाङलाई अध्यक्ष चयन गरेको हो ।

बैठकले अन्य पदाधिकारीको पनि टुंगो लगाएको छ । यस्तै उपाध्यक्षमा रामकुमार तामाङ, सचिवमा प्रेमकुमार कार्की, सह–सचिवमा तारानारयण श्रेष्ठ, कोषाध्यक्षमा शंकर बोहरा चयन भएका छन् ।
यसैबीच एमाओवादीको सिन्धुली जिल्ला कमिटीले अध्यक्षमा राजन दाहाललाई चयन गरेको छ । जिल्ला कमिटी बैठकले उपाध्यक्षमा दिलबहादुर विक, सचिवमा पानिराज बम्जन, सह–सचिवमा वसन्त भट्टराई र कोषाध्यक्षको जिम्मेवारी सविता कोइरालालाई दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us