धनगढी, २१ असार– कुवेतमा नोकरी लगाइदिने प्रलोभनमा ललाइफकाइ अवैधरुपमा भारततर्फ लग्दै गरिएका चार युवतीलाई कैलालीको वन वेहडाबाट प्रहरीले उद्धार गरेको छ ।
सशस्त्र प्रहरीको सहयोगमा शान्ति पुन:स्थापना गृह कैलालीले युवतीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा भोजपुर जिल्ला जरायोटारका तीन र मकवानपुर सहरीखेतकी एक युवती रहेको शान्ति पुन:स्थापना गृह कैलालीकी कार्यक्रम संयोजक बासुदेव भट्टराईले बताए ।
कास्की सिद्ध गाविसकी दुर्गादेवी मल्लले ललाइफकाइ उनीहरुलाई पश्चिमी सीमा नाका गड्डा चौकीको बाटोहुँदै भारततर्फ लैजान लागेको विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा चार युवतीको उद्धार गरिएको हो ।