५ प्रतिशत प्रतिनिधि मनोनयन नहुँदै सकिने भो एमाले महाधिवेशन

काठमाण्डु टुडे २०७१ असार २१ गते ४:४२ मा प्रकाशित

Uml-new-logoकाठमाण्डु, २१ असार– विवाद चर्कंदै गएपछि  ५ प्रतिशत मनोनयन नगरी एमाले महाधिवेशन सकिने भएको छ ।
शीर्ष नेतृत्व तहमा भागवण्डाका आधारमा प्रतिनिधि मनोनयनमा भागबण्डामा कुरा नमिलेपछि  १ सय ११ जना प्रतिनिधि मनोनयन नहुँदै शुक्रबार बन्दसत्र सुरु भएको थियो ।

प्रतिनिधि मनोनयनका लागि शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आफ्ना पक्षधरलाई प्रतिनिधिमा बढी ल्याउन चाहेपछि विवाद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us