काठमाण्डु, २१ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसले सभासदहरुले उठाएका विषय आगामी वर्षको बजेटमा सम्बोधन गर्न सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान मन्त्रीहरुको उपस्थितिमा बसेको पदाधिकारी बैठकले बजेटमा सभासदका सुझाव समेट्न निर्देशन दिएको हो ।
बैठकले दुई सय ४० वटै निर्वाचन क्षेत्रमा पाँच करोडका दरले छुट्याउन पनि निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सरकारको कार्यशैलीप्रति तीव्र विरोध भएपछि पदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठक बसेको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकार सञ्चालनलगायत विषयमा समेत छलफल भएको सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।