एचआइभी सङ्क्रमितका लागि औषधि वितरण सुरु

काठमाण्डु टुडे २०७१ असार २१ गते ३:३२ मा प्रकाशित

परासी, २१ असार– नवलपरासीमा पहिलो पटक एचआइभी सङ्क्रमितले खाने एआरटी औषधि वितरण सुरु भएको छ ।
सङ्क्रमितलाई औषधि वितरण गर्न पृथ्वीचन्द्र अस्पताल परासीमा एआरटी सेन्टरको स्थापनासमेत गरिएको छ ।

सेन्टर स्थापनापछि यसअघि सङ्क्रमितले आफूले खाने औषधि एआरटी भरतपुर र बुटवलबाट ल्याएर खानुपर्ने बाध्यताको अन्त्य भएको  छ ।  जिल्लामा करिब २०० को सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको एक सरोकारवाला संस्थाले जनाएको छ ।
एआरटी सेन्टरको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शुभारम्भ  गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us