एमालेका प्रतिनिधिले के गर्न पाउँदैनन् ?

काठमाण्डु टुडे २०७१ असार २० गते १४:०८ मा प्रकाशित

UMLकाठमाण्डु, २० असार – एमालेले राजधानीमा जारी नवौं महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका लागि आचारसंहिता जारी गरेको छ ।
अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षधर युवा नेता राजेन्द्र राईको लेखपछि उत्पन्न तनाव कम गर्न एमालेले १६ सदस्यीय आचारस्रहिता जारी गरेको हो ।

१. सम्पूर्ण प्रतिनिधि कमरेडहरू बन्द सत्रमा अनुशासित र मर्यादितरूपमा सहभागी हुनुपर्नेछ ।

२. सबै प्रतिनिधि कमरेडहरूले बन्दसत्रका सम्पूर्ण काम-कारबाहीलाई सफलपार्न भूमिका खेल्नु पर्नेछ । तोकिएको समयभित्रै अधिवेशन कक्षमा प्रवेशगर्ने र कार्यक्रम सकिएपछि मात्रै अधिवेशन स्थलबाट बाहिरिनु पर्नेछ ।

३. अधिवेशन चलिरहेको बेला होहल्ला गर्ने, कानेखुसी गर्ने, समूह-समूह भएरकुराकानी गर्ने र अधिवेशनको काम कार्बाहीलाई बाधा अवरोध गर्ने काम गर्नुहुँदैन ।

४. अधिवेशनमा कुनै पनि नेता कमरेडहरूको पक्ष या विपक्षमा हल्ला गर्ने, हुटिङ गर्ने, नाराबाजी गर्ने काम गर्नु हुँदैन ।

५. अध्यक्ष मण्डलको अनुमति नलिइकन कुनै पनि सामग्री, पुस्तक, पर्चा यापत्रिका सभाकक्ष र सभाकक्षको परिशरमा बाँड्न पाइने छैन । बाँडिएको भेटिएमात्यस्तो सामग्री जफत हुनेछ ।

६. अध्यक्ष मण्डलको अनुमति नलिइकन हल बाहिर जान पाइने छैन ।

७. बन्दसत्र चलिरहेको बेला मोबाइललाई स्वीच अफ या साइलेन्ट मोडमाराख्नुपर्ने छ । बन्दसत्र चलिरहेको बेला मोबाइलमा कुरा गर्न पाइने छैन ।

८. बन्दसत्रभित्र धुमपान, मद्यपान या सूर्तीजन्य पदार्थहरूको प्रयोग गर्न पाइने छैन ।

९. सबै प्रतिनिधिहरूले प्रतिनिधि कार्ड देखिने गरी लगाउनु पर्नेछ ।सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई आवश्यक सहयोग पुर्‍याउनु पर्नेछ ।

१०. सभाकक्षमा प्रतिनिधि तथा तोकिएका स्वयंसेवकहरु बाहेक अरुले प्रवेशगर्नपाउने छैनन् । यस बाहेकका अनाधिकृत व्यक्तिहरुले प्रवेश गरेको भेटिएमासभाकक्षबाट निष्काशित गरिने छ ।

११. कुनै पनि प्रतिनिधिले वातावरणलाई अनावश्यक रूपले उत्तेजित बनाउने  र बन्द सत्रलाई असहज बनाउने काम गर्नपाइने छैन ।

१२.सबै प्रतिनिधिहरूले भोली असार २१ गते विहानसम्म स्थायी प्रतिनिधि कार्डबनाइसक्नु पर्नेछ । भोलिदेखि अस्थायी कार्ड रद्द गरिएको छ । अस्थाईकार्डको आधारमा सभाकक्षमा प्रवेश गर्नदिइने छैन ।  प्रतिनिधि नभएकाउपसमितिका सदस्यहरूले बन्द सत्रको सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन ।

१३. प्रतिनिधिहरुले आफ्नो कुरा अध्यक्षमण्डलको अनुमतिले पालैपालो मात्रराख्न पाइने छ । त्यसरी आफ्नो कुरा अध्यक्ष मण्डलले तोकेको समयभित्रराख्नुपर्ने छ । एक समयमा एकजनाले मर्यादित रुपमा आफ्नो कुरा राख्नुपर्ने छ। कुरा राख्दा कुनै जाति, भाषा, धर्म, लिंग, समुदाय र क्षेत्र तथा व्यक्तिप्रति अमर्यादित भाषा प्रयोग गर्नपाइने छ्रैन ।

१४. संचालन प्रक्रियाको सम्बन्धमा  अध्यक्ष मण्डलको निर्णय अन्तिम हुनेछ ।

१५. नवौं राष्टि्य महाधिवेशनको सुसंचालन र सुव्यवस्था कायम राख्नु सबै प्रतिनिधिहरुको कर्तब्य हुनेछ ।

१६. स्वयंसेवकहरुले अध्यक्ष मण्डलको निर्देशन अनुसार काम गर्नुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us