खनालद्वारा राजनीतिक प्रस्ताव पेस

काठमाण्डु टुडे २०७१ असार २० गते १३:४१ मा प्रकाशित

jn khanal 2काठमाण्डु, २० असार– एमाले अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनको बन्दशत्रमा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

भृकुटीमण्डपमा शुक्रबार सुरु बन्दसत्रमा खनालले १ सय २४ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन् । निर्धारित समयभन्दा तीन घण्टापछि सुरु भएको महाधिवेशनमा खनालले प्रतिवेदन पेस गरे ।

खनालको प्रतिवेदनमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले यसअघि नै सहमति जनाइसकेका छन् । बन्दशत्रमा महासचिव ईश्वर पोखरेलले विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेस गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us